आज दशैँको मुख्य दिन विजयादशमी टीकाको साइत बिहान १० बजेर १९ मिनेटमा

काठमाण्डौं, कार्तिक १०
हिन्दु नेपालीहरुको महान चाड दशैँको आज मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा रहेको जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १० बजेर १९ मिनेट उत्तम रहेको छ । विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि समितिले जनाएको छ । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणले गर्दा आफै सुरक्षित हुनुपर्छ ।

मान्यजनसँग आशीर्वाद लिन जाँदा उनीहरुलाई नै संक्रमणका जोखिम हुने भएकाले बिशेष सतर्कता अपनाउनु आवश्यक छ । त्यसैले यस वर्षको दशैं पर्व घरपरिवार बिचमा मात्रै सिमित गर्न सरकारले पनि सबैसंग अपिल गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *