२५६४ औँ बुद्ध जयन्ती, दीप प्रज्वलन गरिदै

पाल्पा, बैशाख २५
२५६४ औँ बुद्ध जयन्तीका अवसरमा आज दीप प्रज्वलन गरिदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यही दिन बुद्ध जयन्ती मनाउने गरिएको हो । यो वर्ष को*रोना भाइ*रसको संक्रमण वाट जोगिन भैरहेको लक*डाउनका कारण केही लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर पूजा लगायत विधि मात्र पूरा गरिएको छ । बुद्ध जयन्तीका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । बुद्ध जयन्तीको अवसरमा बेलुकी ७ बजे देशैभर दीप प्रज्वलन गर्न सरकारले आव्हान गरेको छ । को*रोना महा*मारीविरुद्धको अभियानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवम् स्वयंसेवकहरूप्रति उच्च सम्मानस्वरूप, संक्र*मितहरूको शीघ्र स्वास्थ्य लाभका लागि, मृत्युवरण गरेकाको शान्तिका लागि आज बेलुकी दीप प्रज्वलन गर्न आव्हान गरिएको हो । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ मा सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभएको थियो । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उहाले विश्व प्रसिद्धि पाउनुभएको थियो । ३६ वर्षको उमेरमा सारनाथमा उहाले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिनुभएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *