बुद्ध धर्म र मगर जाती

तिलक सोमै मगर
हङकङ, बैशाख २५
खासमा हामी आदीबासी “मंगोलहरु” (मगर ) जाती पितृ पुजक तथा प्रकृती पुजक हौ । भुमीजमिन तथा मृत्यु भएका बाजे बराजु पित्री पुज्ने जस्मा पुजा पाठ गर्दा बोका, भेडा, कुखुरा काट्ने त कतै पानी, धुप बत्ती मात्र बालेर पनि पुजा गर्ने चलन छ । बली प्रथा हेर्दा हिन्दु जस्तो देखिए पनि मगर जाती हिन्दु होईन प्रकृतीक पुजक नै हो । पितृ पुजक तथा भुमीप्रकृतीक पुजक एक संस्कार हो , तर यो आफैमा धर्म भने होईन । मगर समुदायको २०५४ सालको महाभेला बाट निर्णय भए अनुरूप अहिले कागजीरूपमा केही लेख्न र भन्न पर्दा मगर जाती को धर्म बुद्ध भन्ने गर्छन् । बुद्ध धर्ममा हत्या हिंसा नगर्नु भनेता पनि पितृ पुजा तथा भुमीप्रकृतीक पुजक गर्ने मगर को पुरानै चलन रहि आएको हो । यस लाई समय अनुकूल परिमार्जित गर्दै लान सकिन्छ र यसलाई बुढापाकाहरूले ढुुङ्गा रातो पेट तातो भनेको किम्वदन्ती सुन्न सकिन्छ । मगर जातीको पहिचान, धर्म के हो भनेर खोज्ने क्रममा मगर संघले लामो समय छलफल,अन्र्तकृया र अनुसन्धान चलायो । त्यसपछि पछि २०५४ साल असोज १, २ र ३ गते झापा बिर्तामोडमा अन्र्तराष्ट्रिय गोष्ठी गरी मगर जाती को धर्म “बौद्ध” हो भनेर निर्णय गर्र्यो र त्यसलाई नेपाल मगर संघको माहाअधिवेशनले पारीत पनि गरेको छ । जसबाट मगर बुद्ध संघ नेपाल भनेर २०५४ मा स्थापित भयो ।

बुद्ध एक धर्म नभई मार्ग हो भन्नेमा दुईमत नहोला तर पछिल्लो समयमा यसलाई धर्मको रूपमा मानिसले विस्तार गरेको छ । फल स्वरूप मगर जाती बुद्ध धर्म भनेर मान्ने लेख्ने र भन्ने गर्छ । बुद्द धर्म भित्र महायानी, बज्रयानी र हिनायानी गरि तिन प्रकारको हुन्छ र मगरले हिनायान, थेराबादी मान्दछ । धर्म एक सभ्यता हो र सबै धर्म राम्रो हो यस लाई मानिसले स्थापीत गरेको हो । यो दुनिया कानुन ले मात्र थेग्न नसक्ने भएकोले पुर्वजले धर्म स्थापित गरेका रहेछन् र आवश्य पनि थियो । देशै भर अहिले मगर जातीले जन्मे देखी मृत्यु सम्म को सम्पुर्ण कार्मकाण्ड “मगर संस्कार अनुरूप बुद्ध पद्धती अनुसार पुजापाठ गर्ने गरिन्छ र नपुगेको ठाउँमा पुर्याउने काम बुद्दसंघको गरिरहेको छ । अहिलेको २१ सौं सताब्दीमा कम खर्चिलो, सहज, छिटो र समान खालको धनी देखी गरिव सम्म लाई मिल्ने पुजा आजा र संस्कार संस्कृती अंगाल्दै लानु पर्छ भन्नु हो र भैरहेको पनि छ । यहाँहरूमा साधुबाद छ । बाँकी जिवन सुखमय बितोस् । लेखक,मगर बौद्धसंघ हङकङका सचिब तथा वापा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *