पाल्पाका ५ तेक्वाण्डो खेलाडी राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै

पाल्पा, असोज ७
पाल्पा आई.टि.एफ् तेक्वाण्डो संघका ५ जना खेलाडीहरु लुम्बिनी प्रदेशको नेतृत्व गर्दे राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएका छन् । यही असोज ४ र ५ गते रुपन्देहीको बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश स्तरीय छनौट प्रतियोगितामा स्वर्ण विजेता महिलातर्फ निलो पेटी एकल प्याट्रनमा मञ्जिला कुंवर , पुरुषतर्फ एकल प्याट्रनमा कालो पेटी दोस्रो डानमा रजन रेग्मी , कालो पेटी तेस्रो डानमा बिरेन्द्र बुढा, पुरुष एकल स्पायरिङ्गतर्फ ७०— ७५ के.जी तौलसमूहमा मिलन राना र ८०—८५ के.जी तौलसमूहमा एन्जील कुंवर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को लागि छनोट भएका पाल्पा आई.टि.एफ्का जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य निर बहादुर सारुले जानकारी दिनुभयो ।

प्रतियोगिताका टिम ब्यवस्थापक एवम् जिल्ला खेलकुद विकास समिति, पाल्पाका सदस्य श्याम बहादुर गाहाका अनुसार लुम्बिनी प्रदेश स्तरीय छनौट प्रतियोगितामा पाल्पाले ६ स्वर्ण, १ रजत र ८ कास्य पदक सहित प्रदेशमै टिम दोस्रो हुन सफल भएको छ । स्वर्णपदक विजेता ५ खेलाडीहरु यही असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेभएका हुन् । लुम्बिनी प्रदेश स्तरीय छनौट प्रतियोगितामा पाल्पाका पुरुष एकल स्पायरिङ्गतर्फ ४५— ५० के.जी. तौलसमूहमा देव थापा रजत, ५०— ५५ के.जी तौलसमूहमा उज्ज्वल गहतराज कास्य, ६०—६५ के.जी तौलसमूहमा निसप थापा कास्य, ७५—८०के.जी तौलसमूहमा सुजन सारू कास्य, महिला एकल स्पायरिङ्गतर्फ ४०—४५ के.जी तौलसमूहमा महिमा बारघरे कास्य, ४५— ५० के.जी तौलसमूहमा रोशनी थापा कास्य, ६०—६५ के.जी तौलसमूहमा अनिता श्रेष्ठ कास्य, ६५ं के.जी तौलसमूहमा कबिता राना कास्य र पुरुष समुह प्याट्रनतर्फ स्वर्ण तथा महिला समुह प्याट्रनतर्फ कास्य पदक जितेका हुन् । पाल्पाका तेक्वाण्डो प्रशिक्षक विष्णु बहादुर नेपालीका अनुसार पाल्पाबाट पुरुषतर्फको उत्कृष्ट खेलाडी रजन रेग्मी भएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *