१५ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको उपाधि नेपाललाई

काठमाण्डौं, कार्तिक २५
बङ्गलादेशलाई हराउँदै नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिको जितेको छ । शुक्रवार ढाकामा बङ्गलादेशसँग एक–एक गोलको बराबरी हुँदै नेपालले उपाधि जितेको हात पारेको हो । नेपालका लागि सुशीला केसीले खेलको १४ औँ मिनेटमा गोल गर्नुभयो । पहिलो हाफमा नेपाल एक–शून्यले रह्यो । तर खेलको ५४ औँ मिनेटमा रुमा अख्तेरले गोल गर्दै बङ्गलादेशलाई एक–एक गोलको बराबरीमा पुग्यो । खेलको ८९ औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी पाए पनि नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गर्नुभयो । यो बराबरीसँगै नेपालले चार खेलमा १० अङ्क जोड्यो । अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले उपाधि जितेको हो । बङ्गलादेश चार खेलमा सात अङ्कसहित उपविजेता बनेको हो । डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा भुटानलाई सात–शून्य, दोस्रो खेलमा बङ्गलादेशलाई एक–शून्य गोल अन्तरले हराएको थियो । अर्को खेलमा नेपालले भुटानलाई एक–शून्य गोल अन्तरले हराएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *