आईपीएल क्रिकेटको उपाधिका लागि आज गुजरात र चेन्नई खेल्दै

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६औँ संस्करणको फाइनल खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच खेल हुँदैछ ।

खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा खेलेका थिए । तर पहिलो क्वालिफायरमा चेन्नई गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुग्यो ।

गुजरातले शुक्रवार भएको दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो । गएको वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो ।

चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशाैँ पल्ट हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *