तानसेन। प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा रानाले समयको दुरुपयोगले पनि भ्रष्ट्राचार मौलाएको बताएकी छन् । सनिवार पाल्पाको तानसेनमा नेपाल आदिवासी जनजाति महासंघले राखेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले पैसाको लेनदेन मात्रै भ्रष्ट्राचार नभएको बताएकी हुन् ।
अहिले संसदमा दैनिक जस्तो सामान्य कुरामा विवाद चर्कका कुरालाई संकेत गर्दै सबैले समयको पालना गर्नुुपर्ने बताइन् । रानाले भनिन, “राजनीतिक दल र सांसदहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र बनाउनेतर्फ ध्यान दिनुपर्ने बेला आएको छ । कैयौं वर्ष वित्दासम्म एउटा योजना सम्पन्न हुन नसक्दा देशको अवस्था नाजुक बनेको उनको दाबी छ ।”
उनले भनिन्, “म जन्मिदा रेखाङ्कन भएका बाटो अहिलेसम्म सम्पन्न हुन सकेको छैन । सुगम भनिएका जिल्लामा पनि विकासले गति लिन सकेको छैन। अहिले पनि मानिसहरु समयमा उपचार नपाएर मृत्यु वरण गर्नुपर्ने समस्या यथावत छ । यस्तो अवस्थामा देश विकास कसरी हुन्छ? मानिसहरु उद्यमी बन्न नसकेकर बस्ती छाड्नुपर्ने छ। सानो कुरामा लडिरहेर समय बिताउने प्रवृत्तिका कारण देश विकास हुन नसकेकोमा आफू उपसभामुख भए पनि दुःखी भएको बताइन् ।”
लामो समय सामाजिक रुपान्तरणका लागि काम गरेको अनुभवबाट आएर अहिले पनि ५०० जना बच्चाहरु पालेर उनीहरुको संरक्षकका रुपमा काम गरेको रानाले बताइन् । “अहिले पनि जेलभित्रका बच्चाले ३० रुपैंँया पाउने गर्दछ, समृद्धिका नाममा ठूला कुरा गरेर मात्रै हुँदैन, पोषणका लागि खै पहल गरेको?” रानाले भनिन् ।
उप सभामुख रानाले सबै पार्टीले पार्टीभन्दा माथि उठेर काम गरेमा विकास सम्भव रहेको बताइन् । उपसभामुख रानाले थपिन, “अहिले पनि विभिन्न कारणले ११ लाख नागरिकले नागरिकता लिनबाट वञ्चित छन्।”
सात लाखबढी बालबालिकाले आमाको नामबाट नागरिकता बनाउन नसक्दा नागरिकताविहीन भएको उनले बताइन् । बालबालिकाको सुरक्षाका लागि गतिलो कानुन बन्न नसक्दा समस्या कायमै रहेको उनको भनाइ छ।
यस्तै लुम्बिनी प्रदेशका सभामुख सभामुख तुलाराम घर्ती मगरले सबैले सहकार्य गरेर मात्रै संघीयताको मर्म अनुसार काम गर्न सकिने बताए । अहिले जातिय मुद्धा भन्दा पनि देश विकासका लागि सबै एकजुट हुनुपर्ने सभामुख घर्तीको भनाइ थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।