प्रेस युनियनका महासचिव पौडेल जनसेवा श्री पदकबाट सम्मानित

काठमाडौं। पत्रकारिताको माध्यमबाट राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेल जनसेवा श्री पदकबाट सम्मानित भएका छन्।

राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजना गरिएको सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार पौडेललाई पदक तथा विभूषण पत्र प्रदान गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल र विभूषण समितिका अध्यक्ष तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काद्वारा हस्ताक्षरित विभूषण अधिकार पत्रले सम्मान गरिएको गरिएको हो। राष्ट्रपतिले २०७९ सालको संविधान दिवस राष्ट्रिय दिवसका अवसरमा पत्रकार पौडेललाई विभूषण प्रदान गर्ने घोषणा गरेका थिए।

नागरिक दैनिकमा कार्यरत पौडेल डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल छन्। नागरिक दैनिकको आर्थिक व्यूरोमा कार्यरत बागलुङका पौडेल यसअघि विभिन्न अवार्ड तथा पुरस्कारबाट सम्मानित भएका थिए। पौडेल भ्रष्टाचार विरुद्ध तथा आर्थिक क्षेत्रमा खोजमूलक समाचार लेख बापत बारबरा एडम्स खोजी पत्रकारिता अवार्ड, सेजन अवार्ड लगायतबाट विभिन्न पुरस्कार तथा अवार्डबाट सम्मानित भइसकेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *