राष्ट्रिय खबर

करेन्ट लागेर पाल्पामा एक जनाको ज्यान गयो

करेन्ट लागेर पाल्पामा एक जनाको ज्यान गयो

राष्ट्रिय खबर
पाल्पा, माघ १ गतेमाछामार्ने क्रममा विजुलीको करेन्ट लागेर पाल्पामा एक जनाको ज्यान गएको छ । रम्भा गाउँपालिका ४ का ३० वर्षिय विष्णु बहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । माथागढी गाउँपालिका १ अगाहाखोलामा विधुतको मूख्य लाईनबाट हुक लगाई माछा मार्ने तयारी गर्ने क्रममा थापालाई करेन्ट लागेको हो । घटनापछि मृतक संगै माछा मार्ने गएका ८ जनालाई समेत पक्राउ गरी घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । ...
बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने सरकारको निर्णय

बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने सरकारको निर्णय

राष्ट्रिय खबर
काठमाण्डौं, भाद्र २४ संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनमा नेपालले तीन दिन शोक मनाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । दिवंगत महारानीको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको एक मन्त्रीले जनाएका छन् । बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा हिजो यही भदौ २३ गते निधन भएको थियो । सरकारले दुःखद घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति समवेदना व्यक्त गरेको छ । ...
पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै परिचय खुल्यो

पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै परिचय खुल्यो

राष्ट्रिय खबर
पाल्पा, श्रावण ९ आईतबार बेलुकी पाल्पामा भएको बस दुुर्घटनामा ज्यान गुमाएका ६ जनाकै परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मी मुसिकोट–४ का ४० वर्षिय लालबहादुर राना, गुल्मी चन्द्रकोट ८ का १५ वर्षिय प्रवेश काफ्ले, रुपन्देही देवदह ७ की दिलकुमारी कामी, कपिलवस्तु वाणगंगा–२ का ४५ वर्षिय यमबहादुर सोमै, नवलपरासी वर्दघाटकी २४ वर्षिया पूर्णिमा कामी र बागलुङ बडिगाडकी ५५ वर्षिय ओमकला थापारहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवलका लागी छुटेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका चालक सहित १६ जनाको तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गंभिर रहेको अस्पतालले जनाएको छ । दुर्घटनामा घाइते चालक रुपन्देही कन्चन गाउँपालिका ५ का ३३ वर्षिय किशन श्रीस, र...
पाल्पाको तिनाउँ र पूर्बखोला गाउँपालिकामा एमाले बिजयी

पाल्पाको तिनाउँ र पूर्बखोला गाउँपालिकामा एमाले बिजयी

राष्ट्रिय खबर
पाल्पा, जेठ २ पाल्पाको पूर्बखोला र तिनाउँ गाउँपालिकामा नेकपा एमाले बिजयी भएका छन् । तिनाउ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी हुनुभएको हो । श्रेष्ठले जम्मा खसेको १० हजार ३१६ मतमध्ये ५ हजार ९० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका लालबहादुर थापा विजयी हुनुभयो । उहाँले ५ हजार ८२ मत प्राप्त गर्नुभएको छ छ । प्रतिस्पर्धी नेकपा एमालेकी सावित्रा गुरुङ रानाले ४ हजार ४ सय ६५ मत प्राप्त गर्नुभएको छ । २०७४ सालको निर्वाचनमा तिनाउ गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । तिनाउ गाउँपालिकाको वडाध्यक्षमा १ मा एमालेका भुवानसिंह चिदी, वडा नम्बर २ मा एमालेकै यादव अर्याल, ३ मा काग्रेसका चित्रब...
सुशासन भन्दा ओलीले कुशासन मात्रै चलाए ः मन्त्री झाक्री

सुशासन भन्दा ओलीले कुशासन मात्रै चलाए ः मन्त्री झाक्री

राष्ट्रिय खबर
पाल्पा, कार्तिक १ नेकपा ( एकीकृत समाजवादी ) की नेतृ रामकुमारी झाक्रीले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण नयाँ पार्टी जन्मिएको बताउनुभएको छ । शहरी विकास मन्त्री समेत रहनुभएकी झाक्रीले इतिहासमै ओलीले धेरै राम्रो अवसर गुमाएको बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाले सोमबार विहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री झाक्रीले आफ्नै बहुमतको सरकार हुँदा समेत ओलीले सुसासन भन्दा कुसासन दिने काम भएको आरोप लगाउनुभयो । सामान्य संवाद समेत नगरी एक्कै हिड्ने ओलीको बानीले नयाँ पार्टी जन्मिएको उहाँको भनाई थियो । कुनै विज्ञ वा प्राविधिकको अध्ययन, सम्भाब्यताको खोजी विनै हावाको गफ दिएर ओलीले समय खर्चिएको बताउँदै नेत्रृ झाकीले प्रधानमन्त्री जस्तो ब्यतिmले प्राबिधिक, संभाब्यता, आवश्यकता बिनै प्रधानमन्त्री बोल्ने , बिना अध्धयान हावादारी गफ गरेर समय खर्चिए पछ...
अनशनरत गोर्खा सैनिकको जीवन बचाउन लाग ः सर्वोच्च अदालत

अनशनरत गोर्खा सैनिकको जीवन बचाउन लाग ः सर्वोच्च अदालत

राष्ट्रिय खबर
काठमाण्डौं, भाद्र ३ सर्वोच्च अदालतले बेलायतमा अनशन बसीरहेका गोर्खा सैनिकको जीवनरक्षाका लागि पहल गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले गोर्खा सैनिकको हक अधिकारको विषयमा बेलायतमा अनशनरत नेपालीको जीवन रक्षाका लागि गर्नुपर्ने सबै काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र परराष्ट्र मन्त्रालयका नाममा आदेश दिएको हो । नागरिकको जीवन सुरक्षाको दायित्व सरकारको रहेको भन्ने विषयमा कुनै विवाद नभएको भन्दै सर्वोच्च अदालतले त्यसमा सरकारले तत्काल ध्यान पुयाउनुपर्ने औल्याएको छ । भूपू गोर्खाली सैनिक र उनीहरुको परिवारका व्यक्तिहरुलाई बाँच्न पाउने हक रहेको भन्दै सर्वोच्च अदालतले त्यसमा पहल गर्न पनि भनेको छ । गोर्खा सैनिकलाई बेलायत सरकारले अन्याय गरेको भन्दै साउन २३ गतेदेखि धनबहादुर गुरुङ, ज्ञानराज राई र पुष्पा राना घल...
रवीन्द्र मिश्रको प्रस्ताव गैरसंवैधानिक ः आदिवासी जनजाति महासंघ

रवीन्द्र मिश्रको प्रस्ताव गैरसंवैधानिक ः आदिवासी जनजाति महासंघ

राष्ट्रिय खबर
काठमाण्डौं, श्रावण १२ आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनैतिक भएको टिप्पणी गरेको छ । महासंघका अध्यक्ष जगत बराममगरले प्रेस वक्तव्य जारी गर्दै संघीयता खारेज र धर्मनिरपेक्षता सम्बन्धी जनमतसंग्रह गर्नुपर्ने मिश्रको प्रस्ताव संवैधानिक हुन नसक्ने जनाउनुभएको छ । अध्यक्ष बरामले मिश्रको प्रस्तावप्रति ध्यानाकर्षण भएको भन्दै निन्दनीय भएको उल्लेख गर्नुभएको छ । विवेकशील साझाका अध्यक्ष मिश्रले सोमबार छलफल तथा बहसका लागि भन्दै ‘ मार्ग परिवर्तन र विचारभन्दा माथि देश ‘ शीर्षकको दस्तावेज सार्वजनिक गर्नुभएको थियो । प्रस्तावमा स्थानीय निकायलाई पुनसंरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने विषयलाई मुख्य रुपमा उल्लेख गरिएको छ । ...
घरेलु रक्सीलाई मान्यता

घरेलु रक्सीलाई मान्यता

राष्ट्रिय खबर
गुल्मी, असार ११, गुल्मीका एक स्थानीय सरकारले घरेलु रक्सीलाई मान्यता दिने भएको छ । मालिका गाउँपालिकाको नवौ गाउँसभाले स्थानीय घरेलु मदिरालाई ब्राण्डिङ गरी बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित गरेको हो । ऐन पारित भएसँगै लुकिछिपी उत्पादन हुँदै आएको घरेलु मदिराको उद्योग सञ्चालन गर्न पाइने भएको छ । अव गाउँपालकिाबाट अनुमति लिएर घरेलु मदिरा उत्पादन गर्न पाईने छ । गाउँघरमा उत्पादन हुने कोदो तथा विभिन्न फलफूल खेर गहिरहेकाले त्यसबाट गुणस्तरीय मदिरा उत्पादन गर्ने ऐन बनेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिनुभयो । गाउँमा अवैध रुपमा उत्पादन भएका घरेलु रक्सीले स्वास्थ्यमा नकरात्मक असर पार्ने सक्ने भएकाले गुणस्तर मापन गरी स्टीकर टास्ने र सिलबन्दी गर्ने गरी ऐन बनाइएको पालिकाले जनाएको छ । नेपालको सविधान २०७२ को अनुसूची ८ ले दिएको अधिकार प्रयोग गर्दै ऐन जारी गरिको हो । ऐन पारित भैस...
परपुरुषसंग लागेकी श्रीमतीनै श्रीमानको हत्यामा संलग्न

परपुरुषसंग लागेकी श्रीमतीनै श्रीमानको हत्यामा संलग्न

राष्ट्रिय खबर
कपिलबस्तु, जेठ ३१ परपुरुष संग लागेर आफ्नै श्रीमानको हत्यामा संलग्न भएको भन्दै कपिलबस्तुमा श्रीमती सहित १० जना पक्राउ परेका छन् । माओवादी केन्द्रका नेता दीपक पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा उहाँकै श्रीमतीको मुख्य भूमिका रहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँकी पत्नी महिमा पाण्डेले तीन वर्षदेखि पति दीपक पाण्डेको हत्या गर्ने योजना बनाएको खुलासा भएका छ । मृतक पाण्डेकी पत्नीसँग अनैतिक सम्बन्ध रहेका कपिलवस्तु नगरपालिका १ का ३९ वर्षिय ओमप्रकाश यादवसहित १० जनाको समूहको संलग्नतामा हत्या भएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । नेता पाण्डेलाई पत्नी महिमा पाण्डे र ओमप्रकाश यादवको योजनामा कपिलवस्तु नगरपालिका २ का रमजान साह र शाकिर अलीपखियाको सहभागीतामा हत्या गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार हत्याराहरूलाई हतियार उपलब्ध गराउने, संरक्षण ...
यस वर्ष पनि एसईई परिक्षाको नजिता आन्तरिक मूल्याङ्कन बाटै गरिने

यस वर्ष पनि एसईई परिक्षाको नजिता आन्तरिक मूल्याङ्कन बाटै गरिने

राष्ट्रिय खबर
काठमाण्डौं, जेठ १८ यस वर्ष पनि एसईई परिक्षाको नजिता आन्तरिक मूल्याङ्कन बाटै गरिने भएको छ । मन्त्रिपरिषद् बैठकले पोहोरजस्तै यसपालि पनि माध्यमिक शिक्षा परीक्षा परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको छ । सरकारको निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने छ । विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारी सार्वजनिक गर्ने छ । यसअघि शिक्षा मन्त्रालयको बैठकले गएको वर्ष जस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो । गएको वर्ष विद्यालयको प्रधानाध्यापक,कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल््याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक ...