नेपालमा कोरोनाको दोस्रो लहर फैलिने खतरा , आफै जोगिन अपिल

काठमाण्डौं, चैत्र २९,
नेपालमा कोरोनाको दोस्रो लहर फैलिने खतरा बढेको भन्दै कोभिड (१९ )सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी) ले सावधानी अपनाउन आग्रह गरेको छ । सीसीएमसीको शनिवार सम्पन्न बैठकले अहिले झन् कोभिड सङ्क्रमणको संख्या बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । बैठकमा अहिलेको सङ्क्रमणको स्थिति र तयारीको विषयमा छलफल भइ सतर्कता अपनाउन अपील गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले जानकारी दिनुभयो । बैठकले जिल्ला कोभिड(१९ ) संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी ) लाई सक्रिय हुन निर्देशन दिएको छ । सीमानाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड सङ्क्रमण भएर लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना र लक्षण नदेखिएकालाई क्वरेण्टीनमा राख्ने पनि बैठकले निर्णग गरेको छ । कुनै पनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभइ अटेरी रुपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्ने समेत बैठकले निर्णय गरेको सचिव बरालले जानकारी दिनुभयो ।

शमुदायमा धेरैलाई कोरोना संक्रमण भैरहेको आसंका
अहिले शमुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण भइसकेको हुन सक्ने स्वास्थ्य कर्मीले दाबी गरेको छन् । नेपालमा पछिल्लो समय पत्ता लागेका सङ्क्रमितमध्ये सिकिस्त सङ्क्रमितको संख्या धेरै भएको र यसको अर्थ समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्ति सङ्क्रमित भइरहेका भन्ने बुझ्न सकिने सङ्क्रामक रोग विषेशज्ञ डाक्टर अनुप बास्तोलाले बताउनुभयो । यी संकेतहरुले समुदायमा कोरोना भाइरसको दोस्रो लहर देखिइसकेको पुष्टि हुने उहाँको ठम्याई छ । कोरोना भाइरसको पहिलो लहरमा ज्येष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए भने अहिलेको दोस्रो वेभमा युवा पुस्ता मात्र होइन बालबालिका समेत जोखिममा परेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *