परपुरुषसंग लागेकी श्रीमतीनै श्रीमानको हत्यामा संलग्न

कपिलबस्तु, जेठ ३१
परपुरुष संग लागेर आफ्नै श्रीमानको हत्यामा संलग्न भएको भन्दै कपिलबस्तुमा श्रीमती सहित १० जना पक्राउ परेका छन् । माओवादी केन्द्रका नेता दीपक पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा उहाँकै श्रीमतीको मुख्य भूमिका रहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँकी पत्नी महिमा पाण्डेले तीन वर्षदेखि पति दीपक पाण्डेको हत्या गर्ने योजना बनाएको खुलासा भएका छ । मृतक पाण्डेकी पत्नीसँग अनैतिक सम्बन्ध रहेका कपिलवस्तु नगरपालिका १ का ३९ वर्षिय ओमप्रकाश यादवसहित १० जनाको समूहको संलग्नतामा हत्या भएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । नेता पाण्डेलाई पत्नी महिमा पाण्डे र ओमप्रकाश यादवको योजनामा कपिलवस्तु नगरपालिका २ का रमजान साह र शाकिर अलीपखियाको सहभागीतामा हत्या गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार हत्याराहरूलाई हतियार उपलब्ध गराउने, संरक्षण गर्ने र हतियार ओसारपोसार गर्ने कार्यमा थप सात जना छन् ।

कपिलवस्तु नगरपालिका १ कैलाश टोलका ३५ वर्षिय पूर्णवीर पाल्पाली, कपिलवस्तु २ बर्दहवाका सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका ४ पोखरभेटवाका ज्ञानेन्द्रकुमार पाण्डेय, यशोधरा ४ सेमरीका राधेश्याम चौधरी, कपिलवस्तु ५ गोटिहवाका श्रीराम कुर्मी , कपिलवस्तु १ मस्जिद टोलका नसरत अली र कपिलवस्तु २ बरगदवाका प्रवीण गुप्ता पक्राउ परेका छन् । उनीहरुले दीपकको हत्या गर्न रकम लिने, बरामद हतियार खरिद बिक्री, ओसारपोसार गर्ने, सहयोग गर्ने र अभियुक्तलाई संरक्षण दिएको प्रहरीले जनाएको छ । गत जेठ ५ गते कपिलवस्तु ६ गोवरी सडकमा निग्लिहवाबाट घर आउँदै गर्दा रातीको ११ बजे नेता पाण्डेमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका नेता पाण्डेको भैरहवाको मेडिकल कलेजमा उपचार पछि थप उपचारका लागि हेलिकप्टरमा काठमाण्डौ लैजाँदै गर्दा ज्यान गएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *