काठमाण्डौं, जेठ १८
यस वर्ष पनि एसईई परिक्षाको नजिता आन्तरिक मूल्याङ्कन बाटै गरिने भएको छ । मन्त्रिपरिषद् बैठकले पोहोरजस्तै यसपालि पनि माध्यमिक शिक्षा परीक्षा परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको छ । सरकारको निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने छ । विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारी सार्वजनिक गर्ने छ ।
यसअघि शिक्षा मन्त्रालयको बैठकले गएको वर्ष जस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।
गएको वर्ष विद्यालयको प्रधानाध्यापक,कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल््याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अङ्कका आधारमा मूल्याङ्कन गरेको थियो ।यस वर्ष पनि कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएपछि सरकारले गएको वर्षकै विधि अपनाउने निर्णय गरेको हो ।