घरेलु रक्सीलाई मान्यता

गुल्मी, असार ११,

गुल्मीका एक स्थानीय सरकारले घरेलु रक्सीलाई मान्यता दिने भएको छ । मालिका गाउँपालिकाको नवौ गाउँसभाले स्थानीय घरेलु मदिरालाई ब्राण्डिङ गरी बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित गरेको हो । ऐन पारित भएसँगै लुकिछिपी उत्पादन हुँदै आएको घरेलु मदिराको उद्योग सञ्चालन गर्न पाइने भएको छ । अव गाउँपालकिाबाट अनुमति लिएर घरेलु मदिरा उत्पादन गर्न पाईने छ । गाउँघरमा उत्पादन हुने कोदो तथा विभिन्न फलफूल खेर गहिरहेकाले त्यसबाट गुणस्तरीय मदिरा उत्पादन गर्ने ऐन बनेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिनुभयो ।

गाउँमा अवैध रुपमा उत्पादन भएका घरेलु रक्सीले स्वास्थ्यमा नकरात्मक असर पार्ने सक्ने भएकाले गुणस्तर मापन गरी स्टीकर टास्ने र सिलबन्दी गर्ने गरी ऐन बनाइएको पालिकाले जनाएको छ । नेपालको सविधान २०७२ को अनुसूची ८ ले दिएको अधिकार प्रयोग गर्दै ऐन जारी गरिको हो । ऐन पारित भैसकेकोले अब नियमावली बनाएर अघि बढ्ने गाउँपालिकाको तयारी छ । गाउँपालिकामा धेरै जनजाति बस्ती भएको र घरेलु मदिरा उत्पादनलाई उद्योगको रुपमा विस्तार गर्दा करको दायरा पनि बढ्ने गाउँपालिकाको आसा छ । उद्योग सञ्चालनको अनुमति दिन सकिने व्यवस्था गरिए पनि गाउँपालिकाले बनाएको नीति नियमविपरीत भएको खण्डमा भने ५० हजारसम्म जरिमाना गर्ने जनाएको छ ।

रोजीरोटीका लागी भन्दै नेपालका अधिकांस स्थानमा महिला दिदिबहिनीहरुले अवैध रुपमा घरेलु रक्सी बनाउने र बिक्रि गर्दे आएका छन् । कानुनको अभावमा यस्ता उत्पादन तथा बिक्रि गरेको भन्दै बेला बेलामा प्रहरीले कारवाही समेत गर्दे आएको छ । यसरी कानुन बनाएर घरेलु रक्सीलाई बैध बनाउन शुरु भएपछि धेरै महिलाहरु खुशि भएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *