निजि रेडियोका छाता संस्था बानका अध्यक्ष न्यौपानेको निधन

काठमाण्डौं, जेठ १४
नेपालका निजि रेडियोका छाता संस्था ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल( बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । उपचारका क्रमम बिराटनगरको विराट मेडिकल कलेजमा आज विहान ८ बजे उहाँको निधन भएको इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको पुष्टि भएपछि ५१ वर्षिय न्यौपानेको १८ दिन देखि उपचार भैरहेको थियो । इटहरी निवासी न्यौपाने नेपाल विज्ञापन बोर्डको सदस्य र सप्ताकोसी मिडिया प्रा.लि द्धारा संचालित सप्तकोसी एफ,एमका स्टेशन म्यानेजर हुनुहुन्थ्यो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *