पाल्पा, चैत्र १५
पाल्पामा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको छ । माथागढी गाउँपालिका ४ झडेवाका ६५ वर्षिय मानबहादुर सिंजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शनिबार दिउँसो स्थानीय दानसिंगा सामुदायिक वनमा आगलागी भएपछि सिजाली आगो निभाउन जाँदा आगो बढ्दै गएपछि सोही ठाउँमा जलेर ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।