कोरोना लागेका २ जनाको बुटवलमा ज्यान गयो

बुटवल, चैत्र ३०
बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको ज्यन गएको छ । प्यूठानको स्वर्गद्वारी–९ का ४३ वर्षिय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षिया महिलाको ज्यान गएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले बताउनुभयो । गौतमका अनुसार प्यूठानका पुरुषलाई गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँको आज विहान ५ बजे ज्यान गएको हो । यस्तै चैत २३ गते अस्पताल भर्ना भएकी महिलाको आज बिहान साढे ७ बजे तिर ज्यान गएको हो । दुवै जनामा निमोनियाको समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *