बलात्कारको झुटो आरोप लगाएकी महिलालाई तीन वर्ष कैद

काठमाण्डौं, चैत ३
आफूलाई बलात्कार गरेको भन्दै झुटो आरोप लगाएकी वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले ३ वर्ष ६ महिनाको कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले सो कैद सजाय गर्ने फैसला गर्नुभएको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत कर्मचारी खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गएको असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो । झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतले जनाएको छ । अदालतको फैसलापछि महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरिएको अदालतले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *