थपिदै कोरोना, भारतसँगका १४ नाकामा कडाइ

काठमाण्डौं, चैत्र ८
भारतमा कोरोना संक्रमणको जोखिम बढेपछि नेपाल सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाएको छ । त्यहाँ हेल्थ डेस्कको संख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले बताउनुभयो । सीमा क्षेत्रको मुख्य नाकामा निगरानीलाई बढाइएको उहाँले बताउनुभयो । भारतको महाराष्ट्र, गुजरातलगायतका राज्यमा कोरोनाको सङ्क्रमण दर फेरि तीव्र गतिमा फैलिएकाले त्यहाँ कार्यरत केही नेपाली गाउँघर फर्किन थालेका छन् ।

यसले सङ्क्रमण नेपालमा पनि भित्रिन सक्ने जोखिम बढेकाले घर फर्किनेहरूको नाकामा नै परीक्षण गर्ने तयारी गरिएको हो । मुख्यगरी भारतसँगका १४ नाकामा निगरानी बढाइएको रोग नियन्त्रण महाशाखाका निर्देशक पौडेलले बताउनुभयो।गड्डाचौकी, गौरीफन्टा,बेलहिया, कृष्णनगर, जमुनानाकालगायतमा कडा निगरानीसहित एन्टिजेन परीक्षण नै गर्ने तयारी भएको जनाइएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *