बम थापा सूर्यवंशीको नेतृत्वमा फोनिज यूकेको नयाँ कार्यसमिति निर्वाचित


काठमाण्डौं, पौष २
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (९फोनिज ) युके शाखाको अध्यक्षमा बम थापा (सूर्यवंशी) मगर निर्वाचित हुनुभएको छ । यूकेको एम्पायर हल अल्डरसटमा सम्पन्न चौथो अधिवेशनबाट सूर्यवंशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित अध्यक्ष मगर यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । लामो समय ब्रिटिस सेनामा सेवा गरी अवकास प्राप्त सूर्यवंशी निरन्तर पत्रकारितामा सक्रिय हुनुहुन्छ । अधिवेशनले उपाध्यक्षमा लिलासेलिङ माबो, सचिवमा अमित थेवे,सहसचिवमा तेज माबो, कोषाध्यक्षमा डा.महा राईलाई चयन गरेको छ । सदस्यहरुमा रोमियन लिम्बु, ईश्वर चाम्लिङ, जेबी राई, विश्वजित थापा, पम्फा गुरुङ र रुद्र थापामगर चयन हुनुभएको हो । नवनिर्वाचित समितिलाई कार्यक्रमका प्रमुख अतिथि आदीबासी जनजाती महासंघ युकेका अध्यक्ष कर्मा पहाडी, अधिवेशनका निर्वाचन प्रमुख तथा फोनिज यूकेका पूर्ब अध्यक्ष विश्वासदीप तिगेला, निर्वाचन समिति सदस्य तथा पूर्वअध्यक्षहरु किरण टि.लिम्बु र प्रमिला लाबुङले बधाई तथा सफल कार्यकालको कामना गर्नुभयो ।

अधिवेशनको पहिलो चरणमा संगठनको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युके शाखाको अध्यक्ष कर्मा पहाडी शेर्पा, भक्त दुरा, किरात राई यायोक्खा युकेका अध्यक्ष चन्द्र राई, नेपाल पत्रकार महासंघ युकेको पूर्वअध्यक्ष नरेश खपाङ्गीमगर, नेपाल मगर संघ युकेका उपाध्यक्ष रुद्र थापा लगायतले शुभकामना दिनुभएको थियो । अधिबेशनका क्रममा विगतका वर्षमा झै यस वर्ष पनि यूकेमा रहेर नेपाली समाजमा पत्रकारिताको माध्ययमबाट योगदान पुर्याएका पत्रकार विमला सेनेलाई सम्मान र गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमुलाई नगद १०० पाउण्डको पुरस्कार प्रदान गरिएको छ । नगद पुरस्कार सौजन्य गर्ने निवर्तमान अध्यक्ष गोमा रानालाई कार्यसमितिले समेत धन्यबाद दिएको छ । निवर्तमान अध्यक्ष गोमा रानाको अध्यक्षता र सचिव लिला सेलिङ माबोको सञ्चालन कार्यक्रम सम्पन्न भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *