गोर्खा आन्दोलनको समर्थनमा लन्डनमा विशाल प्रदर्शन

काठमाण्डौं, भाद्र १
गोर्खा आन्दोलनको समर्थनमा लन्डनमा विशाल प्रदर्शन भएको छ । भुतपूर्व गोर्खाहरु समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको ११ दिनसम्म पनि बेलायत सरकारले कुनै चासो नदिएकोमा गोर्खाहरुले दुखेसो गरेका छन् । सरकारले चासो नदिएपनि आमरण अनसनप्रति ब्रिटिस भेट्रान तथा आम नागरिकहरु एकजुट भएर गोर्खाहरुको समर्थन गरेका छन् । ब्रिटिस अभिनेत्री तथा अभियानकर्ता जोआना लुम्लेले समेत भूपू गोर्खाको आमरण अनसनसम्बन्धी मुद्दाको बारेमा आवाज उठाउनु भएको छ ।

भोक हडतालमा बसेका अनसनकारीहरूलाई भेटेर उनीहरूको मागलाई सम्बोधन गर्न उहाको आग्रह छ ।आन्दोलनमा नेपाली संस्कृति र परम्परा झल्किने बाजागाजा तथा लाखे नाँचको समेत प्रदर्शन गरिएको थियो । सत्याग्रहकै आव्हानमा आइतबार प्रधानमन्त्री कार्यालय अगाडि विशाल गरिएको प्रदर्शनीमा हजारौँ नेपाली तथा विदेशीहरूको सहभागीता थियो । ब्रिटिस भेट्रान र नागरिकहरुको साथले थप ऊर्जा मिलेको गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताउनुभयो । गत जुलाई २१ तारिखबाट १७ दिन २४ घन्टे रिले अनसन पूरा गरि गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले विगत ११ दिनदेखि आमरण अनसनमा रहेका छन् । समानताको लडाइँमा आफूहरू मर्न तयार रहेको जनाउँदै उनीहरू भोक हडताल नछाड्ने अडानमा छन् । उनीहरूको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गइरहेको भन्दै नेपालमा समेत उनीहरुको आन्दोलन प्रति चासो ब्यतm भैरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *