प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले चाहे हट्न सक्छन् नगरप्रहरी बलका प्रमुख पाण्डे
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मंगलबार नगरप्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । मेयर बालेन शाहको मौखिक निर्देशनमा ०८१ चैत २१ गते गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको घटनालाई लिएर पाण्डेलाई सातबुँदे स्पष्टीकरण सोधिएको हो ।
महानगरका कर्मचारी तथा पेसागत संगठनले पाण्डेमाथि तत्काल निलम्बन गरेर छानबिन गर्नुपर्नेसहित ११ बुँदे माग राखेर गुरागाईंलाई ज्ञापनपत्र बुझाएका थिए । पाण्डेका गतिविधिलाई लिएर कर्मचारी...