FlashNepal
शुक्रबार, आश्विन २३, २०८३  |  October 9, 2026

पाल्पा, असोज ९

पाल्पामा पहिरोले दुई घर बगाउँदा एक महिला बेपत्ता भएकी छन्। रिब्दीकोट गाउँपालिका–६, लुलीभट्टी, गोलखान ढुस्टुङ्गकी अन्दाजी ५५/५६ वर्षीया कृष्णकुमारी सारु बेपत्ता भएकी हुन्।   वडा अध्यक्ष प्रकाश रायमाझीका अनुसार घटनास्थलमा अझै पहिरो झरिरहेको छ।

पहिरोसँगै आएको हिलाम्मे माटो र दलदलका कारण बेपत्ता महिलाको खोजी तथा उद्धारमा कठिनाइ भइरहेको उहाँले बताउनुभयो।  पहिरोले दुई घरमा क्षति पुर्‍याएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com