पाल्पा, असोज ९
पाल्पामा पहिरोले दुई घर बगाउँदा एक महिला बेपत्ता भएकी छन्। रिब्दीकोट गाउँपालिका–६, लुलीभट्टी, गोलखान ढुस्टुङ्गकी अन्दाजी ५५/५६ वर्षीया कृष्णकुमारी सारु बेपत्ता भएकी हुन्। वडा अध्यक्ष प्रकाश रायमाझीका अनुसार घटनास्थलमा अझै पहिरो झरिरहेको छ।

पहिरोसँगै आएको हिलाम्मे माटो र दलदलका कारण बेपत्ता महिलाको खोजी तथा उद्धारमा कठिनाइ भइरहेको उहाँले बताउनुभयो। पहिरोले दुई घरमा क्षति पुर्याएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
