FlashNepal
शुक्रबार, जेठ ०८, २०८३  |  May 22, 2026

खेल

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित
काठमाडौं, २७ असार । साफ महिला यु-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । बंगलादेशमा जारी च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा पूर्णिमा राईले ह्याट्रिक पूरा गरेकी छन् । उनले १८ औं, ५३ औं र ८३ औं र ८८ औं मिनेटमा गोल गरिन् । सोनु परियारले २ गोल गरिन् । भुटानका लागि केल्देन वाङ्मोले एक गोल फर्काइन् । ४ टोली सहभागी च्याम्पियनसिप डबल राउन्ड रोबिनका आधारमा हुनेछ । नेपालले दोस्रो खेल आइतबार बंगलादेशसंग खेल्ने...

एसीसी पुरुष यू–१६ इष्ट जोन कप : मलेसियालाई पराजित गर्दै नेपाल फाइलनमा

एसीसी पुरुष यू–१६ इष्ट जोन कप : मलेसियालाई पराजित गर्दै नेपाल फाइलनमा
काठमाडौं, १९ असार । नेपाल एसीसी पुरुष यू–१६ इष्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा पुगेको हो। मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। दोस्रो विकेटका लागि ओपनर परिमहर्जन यादव र श्रीवांस बजगाइले ४५ बलमा ७५ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज लक्ष्य भेट्टाएको हो।

नेपालले इन्डोनेसियालाई ३७० रनले हरायो

नेपालले इन्डोनेसियालाई ३७० रनले हरायो
काठमाडौं । नेपालले एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत इन्डोनेसियामाथि फराकिलो जित दर्ता गरेको छ । मलेसियामा जारी प्रतियोगिताको तेस्रो खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनले हराएको हो । नेपालले दिएको ४२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४.५ ओभरमा ५० रन जोड्दै अलआउट भएको हो ।

एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ः सिंगापुरविरुद्ध नेपाल ६ विकेटले विजयी

एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ः सिंगापुरविरुद्ध नेपाल ६ विकेटले विजयी
काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ मा नेपालले सिंगापुरविरुद्ध ६ विकेटको जित निकालेको छ । आइतबार (असार ८) मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा सिंगापुरले प्रस्तुत गरेको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा प्रसिद्ध जैसीले सर्वाधिक ५५ रन बनाए । रौनक श्रीवास्तवले ४० रन जोडे । सूर्यान्सु कोइराला र सिवान्स बजगाईंले समान नौ रन थपे । सिंगापुरका आकाश तेजाले तीन विकेट लिए । युवन पाण्डेले एक विकेट हात पारे । त्यसअघि, टस जित...

त्रिकोणात्मक टी–२० सिरिज : नेपाल र नेदरल्याण्ड्स भिड्दै

त्रिकोणात्मक टी–२० सिरिज : नेपाल र नेदरल्याण्ड्स भिड्दै
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो । नेपाल तेस्रो सुपर ओभरमा पराजित भएको थियो । आजको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । नेपालले घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको थियो । जारी प्रतियोगितामा गएराति नेदरल्याण्डले स्कटल्याण्डलाई १९ रनले हराउँदै तालिकाको शीर्ष स्थानमा छ । नेपा...

नेपालले आज दाेस्राे खेल नेदरल्याण्डसँग खेल्दै

नेपालले आज दाेस्राे खेल नेदरल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । सो खेल स्कटल्याण्डको डुन्डेमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट शुरू हुनेछ । यस शृङ्खलाको  पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएर रेकर्ड बनाएको थियो । जीतसँगै ८ टोली सहभागी लिग–२ मा नेपाल १३ खेलमा ८ अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २० खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । लिग-२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्याण्ड...

लिग-२ सिरिज आजदेखि, नेपाल र स्कटल्यान्ड भिड्दै

लिग-२ सिरिज आजदेखि, नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । सात महिनाको लामो अन्तरालपछि नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्डविरुद्ध आजदेखि मैदानमा फर्किंदै छ । आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली स्कटल्यान्ड र बलियो नेदरल्यान्ड्सविरुद्ध खेल्न लागेको हो । नेपाल र स्कटल्यान्डले हालसम्म एकअर्काविरुद्ध ८ एकदिवसीय खेल खेलेका छन्, जसमा नेपालले ४ र स्कटल्यान्डले ३ खेल जित जितेको इतिहास छ । एक खेल भने वर्षाले रद्द भएको थियो । यो तथ्यांकले नेपाललाई मनोवैज्ञानिक फाइदा दिएता पनि स्कटल्यान्डको हालको ...

चीनमा खेले रोबोटहरूले बक्सिङ, एआइ टिमले जित्यो उपाधी

चीनमा खेले रोबोटहरूले बक्सिङ, एआइ टिमले जित्यो उपाधी
काठमाडौं । प्रविधि अब काम वा अनुसन्धानमा मात्र सीमित रहेन, मनोरञ्जनको संसारमा पनि नयाँ नयाँ प्रयोग भइरहेका छन् ।  यसपटक चीनले एउटा यस्तो काम गरेको छ, जसले विश्वको ध्यान तानेको छ । पहिलो पटक रोबोटहरू बीच बक्सिङ म्याच आयोजना गरिएको छ र त्यो पनि वास्तविक झगडा जस्तै लाग्ने गरी । युनिटी कम्पनीले चीनको हाङ्जाओ सहरमा रहेको आफ्नो नयाँ कारखाना क्याम्पसमा यो अनौठो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको नाम ‘युनिटी आइरन फिस्ट किंगः अवेकनिङ’ थियो, जसमा चार फरक फरक नामका रोबोट आमन...

एमबाप्पेकाे गाेलमा रियल म्याड्रिड बिजयी, गाेल्डेन बुटका दाबेदार

एमबाप्पेकाे गाेलमा रियल म्याड्रिड बिजयी, गाेल्डेन बुटका दाबेदार
काठमाडौं।  रियल म्याड्रिडले जितसँगै स्पेनिस ला लिगाको यस सिजनको अन्त्य गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई २–० गोल अन्तरले पराजित गरेसँगै यस सिजनको अन्त्य गरेको हो । रियल म्याड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका थिए । एम्बाप्पेले दुवै गोल खेलको ३८औँ र ८३औँ मिनेटमा गरेका थिए । योसँगै एम्बाप्पेले ला लिगाका ३३ खेलमा ३१ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी रहेका छन् । दोस्रो स्थानमा बार्सिलोनाका रोबेर्ट लेवानडोस्की रहेका...

शुभम गिलको आम्दानी २ करोड बढेर अब ७ कराेड हुने पक्का

शुभम गिलको आम्दानी २ करोड बढेर अब ७ कराेड हुने पक्का
काठमाडौं । भारतीय क्रिकेटका उदीयमान स्टार शुभमन गिललाई बीसीसीआईले हिजो ठूलो जिम्मेवारी दियो  । उनलाई हिजो टेस्ट टिमको नयाँ कप्तान बनाएर ठुलो जिम्मेवारी दिएको हो । उनले इंग्ल्यान्ड भ्रमणका लागि टीम इन्डियाको नेतृत्व सम्हाल्ने छन्, जहाँ दुई टोलीबीच ५ वटा टेस्ट खेल हुनेछन्। विश्व टेस्ट च्याम्पियनसिप २०२५–२७ चक्र यस शृङ्खलाबाट सुरु हुनेछ। यस्तो अवस्थामा जिम्मेवारीसँगै शुभमन गिलको आम्दानी पनि बढ्ने् जनाइएको छ। उनलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विशेष उपहार पनि दिन सक्ने भारत...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com