कक्षाकोठादेखि समुदायसम्मः माथागढीमा सक्षम सिकाइ कार्यक्रमले बदल्दै शिक्षाको अभ्यास
देव पचभैया/पाल्पा
विद्यालयको शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहोस्, विद्यार्थीले सिकेका ज्ञान र सीपलाई समुदायमा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले पाल्पाको माथागढी गाउँपालिकाले सञ्चालन गरेको 'सक्षम सिकाइ कार्यक्रम' प्रभावकारी बन्दै गएको छ। तीन वर्षअघि सुरु भएको यो कार्यक्रमले शिक्षण–सिकाइलाई व्यवहारिक, सिर्जनात्मक र दिगो बनाउने नयाँ अभ्यासको विकास गरेको छ।
हालै माथागढी गाउँपालिका–३ स्थित दिव्यज्योति माध्यमिक विद्यालयमा आयोजित सामाजिक परियोजना प्रदर्शनीले विद्यार्थीको सिर्...