FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा आज तनाव भएको थियो । नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले समितिका सभापति किरणकुमार साहमाथि माइक र नेमप्लेट प्रहार गरेकी छन् । यो घटना बुधबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा भएको बैठकमा घटेको हो ।

बैठकमा सभापति साहले सांसद कुसारीलाई ढिला आएको र अनुमति बिना नै बोल्न थालेको भन्दै रिसाएका थिए । यसपछि दुबैबीच तीखो बहस भयो, जसको क्रममा कुसारीले रिसाउँदै माइक र नेमप्लेट उठाएर सभापतिमाथि फ्याँकिन् ।

सभापति साहले भने, ‘माइक मतिर आएन, सांसदहरू तर्फ गयो । उहाँले अनुगमनको विषयमा आपत्ति उठाउन खोज्नुभयो, तर बैठक समाप्त हुँदै गर्दा एकदमै रिसाएर प्रतिक्रिया दिनुभयो ।’

यता, कुसारीले सभापति साहमाथि गम्भीर आरोप लगाउँदै भनिन्, ‘सभापति साह आफैं संयोजक बनेर अनुगमनमा जान्छन्, आफ्ना छोरालाई स्वकीय सचिव बनाएर लान्छन्, र खाली बिल स्वीकृत गराउँछन् ।’

उनले पछिल्लो वर्ष बारा पर्सा अनुगमनपछि सभापतिले उनलाई भेदभाव गरेको समेत सुनाइन् । ‘मैले माइक र नेमप्लेटले हानेको हो, लागेन, भनाभन भयो’, कुसारीले भनिन्, ‘बैठकमा भएको भनाभनपछि सभामुखले बोलाउनुभएको छ। अब कि म त्यो समितिमा बस्दिनँ कि सभापति हटाउनुपर्छ,’ उनले जोड दिइन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com