पाल्पा, भाद्र १७
गत १० गते बुधबार रसुवाको भोटेकोशीमा आएको भीषण बाढी प्रभावितका लागी तानसेन स्थित क्याफे सित्तलपार्टी तथा नाङ्लो बेकरीजका २९ जना कर्मचारीहरुले आर्थिक सहयोग पठाएका छन् । प्रधानमन्त्री दैबीप्रकोप अक्षयकोष मार्फत बाढी प्रभावितहरुका लागी नगद १८ हजार २ सय चालिस रुपियाँ आर्थिक सहयोग पठाएको क्याफे सित्तलपार्टी तथा नाङ्लो बेकरीजका ब्यवस्थापक रबिन्द्र कुमार बज्राचार्यले जानकारी दिनुभयो । घटना प्रति दुखि ब्यक्त गर्दे ब्यवस्थापक बज्राचार्यले सबैको सहयोगले मात्रै प्रभावितलाई राहत मिल्ने भएकाले आफूहरुले पनि सहयोग पठाएको बताउनुभयो ।

कर्मचारीहरु आकास बराल, अमर बहादुर सिंजाली, बसन्त बहादुर बोहोरा, बिजय रावल, बिष्णु बहादुर रेश्मी, चिरन्जिबिमान बज्राचार्य, डिम बहादुर आले, फलिन्द्र बहादुर दिसा,होम बहादुर सारु, मन्जित श्रेष्ठ, मिनु थापा, पदम बहादुर बगाले थापा, प्रबिनकाजी शाक्य, प्रबिन सारु, प्रदिपकाजी शाक्य, प्रतिक्षा शाक्य, पुर्ण बहादुर दिशा, रबिन्द्र कुमार बज्राचार्य, रबिन्द्रराज भण्डारी, राजकुमार अधिकारी, राम बहादुर दिशा थापा, रेमन सिंजाली, सागर दिशा थापा, सुवर्णखत्री, सुर्य बहादुर घर्ती, यम बहादुर चर्ती, सुजल बज्राचार्य, अनमोल सिंजाली, गोबिन्द सारु लगाएतका कर्मचारीहरुले आर्थिक सहयोग पठाएका हुन् ।
