FlashNepal
सोमबार, आश्विन १२, २०८३  |  September 28, 2026

पाल्पा, असोज ११
पाल्पाको माथागढी गाउँपालिका–३ भैसकट्टामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । आइतवार विहान करिब ४ ः ३० बजे घर माथिमाथि बाट आएको पहिरोले घर पुरिदा ७५ वर्षीय लिलबहादुर घर्तीमगरको घर पुरिँदा लिल बहादुर उहाँकी छोरी १७ वर्षिया दिना घर्ती र सोही ठाउँका छिमेकी मोतीलाल घर्तीका छोरी १५ वर्षिया झरना घर्ती बेपत्ता भएको वडा अध्यक्ष तेज बहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

घर माथि ठुलो ढिस्को सहितको पहिरोले घर समेत नखेखिने गरी पुरिएकोले उद्धारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष यम चिदिले बताउनुभयो । घटनालगत्तै स्थानीय प्रहरी र जिल्ला बाट सुरक्षाकर्मीको टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य सुरु गरेको अध्यक्ष चिदिले उज्यालोलाई जानकारी दिनुभयो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com