FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सार्थकता समाप्त भइसकेको बताएका छ्न् ।

नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसअघि प्रभावकारी मञ्चको रूपमा रहेको सार्कको सार्थकता अहिले समाप्त भइसकेको टिप्पणी गरे । सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी रहेको उनको जिकिर छ ।

जोलीले नेपाल(भारतबीचको सम्बन्ध अटुट रहेको भन्दै यसलाई निरन्तर अघि बढाइने बताए । नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्धबाहेक सौनिक क्षेत्रमा पनि गहिरो सम्बन्ध रहेको भन्दै उनले नेपालमा रहेको बहुदलीय लोकतन्त्रात्मक प्रणालीको पक्षमा सदैव भारत रहेको बताए ।

जोलीले नेपालको धर्मनिरपेक्षताका बारेमा जनताको मतलाई बुझ्दै अघि बढ्नुपर्ने जोलीको तर्क छ । नेपालीभित्रका सबै विषयको निर्णय लिने अधिकार नेपाली जनतालाई र यहाँका राजनीतिक दलहरूलाई मात्रै रहेको उनको भनाइ छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com