FlashNepal
सोमबार, मंसिर ०७, २०८३  |  November 23, 2026

मुख्य समाचार

रवि लामिछानेको रिट निवेदनमा सुनुवाइ हुँदै, आजै आदेश आउने सम्भावना

रवि लामिछानेको रिट निवेदनमा सुनुवाइ हुँदै, आजै आदेश आउने सम्भावना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआइजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् । बिहीबार सरकारी वकिलको तर्फबाट गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका छन् । सरकारी वकिलको बहस सकिएकाले आज पीडितका तर्फबाट कानुन व्यवसायीले ब...

बैतडीमा भूकम्पको धक्का

बैतडीमा भूकम्पको धक्का
काठमाडौं । बैतडीमा आज भूकम्प भएको छ । बैतडीको खलंगा केन्द्र बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ : ४८ बजे भूकम्प गएको हो ।

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
काठमाडौं । होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य चिनजान अन्ततः ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-५ बस्दै आएकी ३४ वर्षीया ...

रवि र छविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा, भोलिलाई पेसी

रवि र छविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा, भोलिलाई पेसी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा आज पनि 'हेर्दाहेर्दै' परेको छ । रविको तर्फबाट १० जना वकिलले बहस गरेपछि आजको बहस टुंगिएको छ । छविका वकिल र सरकारी पक्षको बहस हुन बाँकी छ । निवेदन बिहीबार नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको थियो । इजलासमा रवि र छविको मात्र निवेदन परेको थियो ।

दुर्गा प्रसाईंसहित ५६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंसहित ५६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । गत जेठ १५ गतेको तीनकुने घटनाका मुख्य आरोपी बनाइएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ५६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीस दिवाकर भट्टको इजसालले ५६ जनालाई थप दुई दिन थुनामा राख्न अनुमति दिएको हो । प्रसाईसहितलाई आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाउने तयारी गरिएको छ ।

सरकारलाई मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्न निर्देशन

सरकारलाई मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्न निर्देशन
काठमाडौँ । सांसदहरुले मनसुनअघि नै विपद् जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनीहरुले मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनिकरण गर्न तयारी थाल्नुपर्नेमा जोड दिएका हुन् । विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद्) प्रतिकार्य र विपद् पुनर्लाभ सम्बन्धमा भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा बैठक बसेको थियो । समितिका स...

यी हुन् जेठ ६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू

यी हुन् जेठ ६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू
काठमाडौं । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा जेठ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयनका लागि तयार गरएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गरिएको जानकारी दिए । बैठकले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति (पाँचौ संशोधन) आदेश २०८२ स्वीकृत गरेको छ भने नेपाली सेनाको सैनिक स्वास्थ्य समूह ...

पदाधिकारी तथा पार्टीका शीर्ष नेतासँग छलफल गर्दै सभापति देउवा

पदाधिकारी तथा पार्टीका शीर्ष नेतासँग छलफल गर्दै सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । पार्टीको आन्तरिक र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेताहरूलाई बोलाएका हुन् । ’आज (बिहीबार) सभापतिले पार्टीको पदाधिकारी तथा शीर्ष नेताहरूसँग सरसल्लाह गर्दै हुनुहुन्छ’, कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ’आज औपचारिक पदाधिकारी बैठक भने होइन ।’ बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा हुने पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । आज बिहानमा...

भारत र पाकिस्तानबीचको तनाव जारी, दुवै देशले निकाले एक एक कुटनीतिज्ञ

भारत र पाकिस्तानबीचको तनाव जारी, दुवै देशले निकाले एक एक कुटनीतिज्ञ
काठमाडौँ । भारत र पाकिस्तानबीचको सम्बन्धमा तनाव जारी रहेको छ । तनावका बीच पाकिस्तानले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देश छोड्न आदेश दिएको छ । सम्बन्धित भारतीय कर्मचारीलाई २४ घण्टा भित्र पाकिस्तान छोड्न भनिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले भारतीय उच्चायोगका प्रतिनिधिलाई बोलाएर यो निर्णयको बारेमा जानकारी गराएको मिडिया रिपोर्टमा उल्लेख छ । ति अधिकारीमाथि पाकिस्तानमा उनले आफ्नो जिम्मेवारी भन्दा बाहिर गएर काम गरिरहेको आरोप लगाइएको छ । यसअघि भारतले बुधबा...

अन्तिम चरणमा ‘ग्वार्को फ्लाईओभर’, जेठभित्रै गाडी गुड्ने

अन्तिम चरणमा ‘ग्वार्को फ्लाईओभर’, जेठभित्रै गाडी गुड्ने
काठमाडौं । ‘ग्वार्को फ्लाईओभर’को काम अन्तिम चरणमा पुगेसँगै कालोपत्रेको तयारी गरिएको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी प्रदीप भण्डारीका अनुसार अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको हो । “काम अन्तिम चरणमा पुगेको छ । अब पेन्टिङ, ट्राफिक साइन र कालोपत्रे गर्ने तयारी भइरहेको छ । कालोपत्रे गर्न मौसमले साथ दिनुपर्छ । मौसमले साथ दिए जेठ मसान्तभित्र ‘ग्वार्को फ्लाईओभर’माथि गाडी गुड्छन्,” भण्डारीले भने । रिङरोडमा गुड्ने सवारी साधनहरू ट्राफिक जाम...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com