राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले भने-ज्ञानेन्द्रलाई घरमै सिंहासन बनाएर राखे हुन्छ
कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले फालेको राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको दोर्याएका छन् । पोखरामा शुक्रबारदेखि सुरू भएको राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन उद्घाटन सत्रमा एमाले अध्यक्षसमेत रहेका ओलीले राजावादीले राजा फर्काउने मिति फेरि सार्ने भन्दै कटाक्ष गरे ।
उनले घरमै सिंहासन बनाएर राख्न भन्दै व्यंग्यसमेत गरे । ‘यही आउने १५ गते राजालाई सिंहासनमा राख्छन् रे १ घरैमा सिंहासन बनाएर राखे भो । देशको राजसिंहासन भनेको गइसक्यो,’ उनले थपे, ‘नेपाली जनताल...