FlashNepal
बुधबार, साउन २७, २०८३  |  August 12, 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । पार्टीको आन्तरिक र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेताहरूलाई बोलाएका हुन् ।

’आज (बिहीबार) सभापतिले पार्टीको पदाधिकारी तथा शीर्ष नेताहरूसँग सरसल्लाह गर्दै हुनुहुन्छ’, कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ’आज औपचारिक पदाधिकारी बैठक भने होइन ।’

बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा हुने पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । आज बिहानमात्रै सभापति देउवाले महामन्त्री गगनकुमार थापासँग छलफल गरेका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com