FlashNepal
शुक्रबार, भाद्र २६, २०८३  |  September 11, 2026

काठमाडौं । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा जेठ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयनका लागि तयार गरएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गरिएको जानकारी दिए ।

बैठकले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति (पाँचौ संशोधन) आदेश २०८२ स्वीकृत गरेको छ भने नेपाली सेनाको सैनिक स्वास्थ्य समूह अन्तर्गत मेडिकल उपसमूहका एकजना महासेनानीको पदावधी थप गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

त्यस्तै सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण प्रयोजनामा उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन सहरी विकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

बैठकले जेठ ११ गतेदेखि १९ गतेसम्म चीनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उद्योग मन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com