मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री वली अस्पताल भर्ना

काठमाण्डौं, फागुन २०,

प्रधानमन्त्री के.पी. वलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण नेपालमै हुनेभएको छ । बुधबार मिर्गौला प्रत्यारोपणका लागी वलि सोमबार बेलुकी काठमाण्डौं , महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको हो । यो भन्दा पहिले २०६४ सालमा भारतको दिल्लीमा रहेको एपोलो अस्पतालमा वलिको मिर्गौला प्रत्यारोपणा गरिएको थियो । उतिबेला बुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दान गर्नुभएको थियो । यस पटक भान्जी नाताकी समीक्षा घिमिरेले मिर्गौला दान गर्ने भएपछि उहापनि सोमबार नै अस्पताल भर्ना हुनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु पहिले सोमबार दिउँसो प्रधानमन्त्री वलिले भिडिओ सन्देश दिदै कैयौं सपनालाई अलपत्र छाडेर अलप नहुने भन्दै आफू चाँडै निको भई नियमित काममा फर्किने बताउनुभएको छ । प्रधानमन्त्री वलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार मिर्गौला प्रत्यारोपणका लागी आवश्यक तयारी शुरु भएको छ ।

डाक्टर प्रेम ज्ञवालीको नेतृत्वमा , डा.उत्तम शर्मा, डा.पवनराज चालिसे, डा.दिव्या सिंह शाह, डा. सुवास आचार्य लगायतको टोली वलिको मिर्गौला प्रत्यारोपणमा खटिएका सरकारले जनाएको छ । उक्त टोलीमा दुईजना एनेस्थेसियाका डाक्टर र आठजना नर्स तथा स्वास्थ्यकर्मी रहेका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्मा, डा. अरुण सायमि, डा. भगवान कोइरालाले पनि उपचारमा सहयोग गर्ने सल्लाहकार थापाले जानकारी दिनुभयो । अस्पताल जानु अघि प्रधानमन्त्री वलिसंग भेट गर्दै उपराष्ट्रपति नन्द बहादुर पुनले नेपालमै मिर्गौला प्रत्यारोपण गर्नुलाग्नुभएकोमा देशबासी खुशि भएको बताउनुभएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *