ट्रिपर दुर्घटनामा चालकको ज्यान गयो

पाल्पा, फागनु २०,
पाल्पामा मंगलबार बिहान भएको ट्रिपर दुर्घटनामा चालकको ज्यान गएको छ । तानसेन हार्थोक सडक खण्डको तिनलाँकुरी भन्ने स्थानमा भएको दुर्घटनामा चालक नवलपरासी सुनवल ३ का ३२ बर्षिय मधु मगरको घटनास्थलमै ज्यान गएको हो । तानसेन बाट सर्देवा तर्फ ढुङ्गा लिन जाँदै गरेको लु २ ख १८५४ नम्बको ट्रिपर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार खाली ट्रिपर सडक देखि अन्दाजी ३ सय मिटर तल खस्दा सो दुर्घटना भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *