नेपाली भएर बाच्न पाउनुपर्छ, अहिलेको परिश्थिति अप्ठ्यारोमा छ ः पूर्ब राजा ज्ञानेन्द्र

 

पाल्पा, मंशिर १९
पूर्बराजा ज्ञानेन्द्र शाहले हामी सबै नेपाली भएर बाच्न पाउनुपर्ने बताउनुभएको छ । अहिलेको परिश्थिति अप्ठ्यारोमा रहेको समेत उहाँको भनाई छ । बिहिबार तानसेन स्थित भगवती मन्दिरको दर्शन पछि पूर्ब राजा शाहले अहिले देखिएको समस्या समाधानका लागी सबै नेपाली मिल्नुपर्नेमा जोड दिनुभयो । देशमा शान्ती हुनुपर्छ भन्दै उहाँले शान्ती पूर्बक बाच्नको लागी मिल्नुको बिकल्प नभएको बताउनुभयो । मुलुक समस्यामा परेको छ भन्ने कुरा सबैले महशुस गरेको भन्दै पूर्ब राजा ज्ञानेन्द्रले सबै मिलेर मात्रै जित हुने उहाको भनाई थियो ।
झण्डै २० मिनेट पैदल यात्रा गर्नुभएका शाहलाई तानसेनमा भब्य स्वागत गरिएको थियो । निकै प्रफुल्ल अनुहारमा देखिनुभएका ज्ञानेन्द्रलाई स्वागत गर्न गाउँ गाउँ बाट समेत बृद्ध बृद्धाहरु हात हातमा फुलमाला लिएर स्वागतमा बसेका थिए । उहाँका समर्थकहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, जस्ता नारा लगाएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *