FlashNepal
मंगलबार, कार्तिक ११, २०८३  |  October 27, 2026

राजनीति

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । यससँगै सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ६०० कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य १ लाख ८४ हजार १०० कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । यससँगै आइतबार प्रतितोला १९ सय १० रुपैयाँ रहेको चाँदी सोमबार पनि सोही मूल्य कायम भएको हो ।

कक्षा १२ को प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक भएको पुष्टी

कक्षा १२ को प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक भएको पुष्टी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षा सम्बन्धी सामाजिक सञ्जालमा देखिएका गलत सूचनाको विश्वास नगर्न अनुरोध गरेको छ । आइतबार सुरु भएको कक्षा १२ को परीक्षा अगाडि नै प्रश्नपत्र सार्वजनिक भएको भन्ने गलत सूचना सामाजिक सञ्जालमा फैलिएपछि बोर्डले यस्तो आग्रह गरेको हो । भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वल्र्ड स्कुलमा कक्षा १२ को प्रश्न पत्र आउट भएको भ्रामक समाचार सामाजीक सञ्जालमा पोष्ट भए पछि राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयको टोलीले छानबिन गरेको थ...

स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सयसहित ४ जना पक्राउ

स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सयसहित ४ जना पक्राउ
काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सय रुपैयाँसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुद्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोर्दी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, ‘काठमाडौं महानगरपालिका–९ पिङ्गलास्...

पूर्वमन्त्री योगेश भट्टराई भैरहवा विमानस्थलको छानबिन समितिमा बस्न इन्कार

पूर्वमन्त्री योगेश भट्टराई भैरहवा विमानस्थलको छानबिन समितिमा बस्न इन्कार
काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न गठित समितिमा बस्न अस्विकार गरेका छन् । सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा पर्यटनमन्त्री भइसकेको व्यक्ति उपसमितिको संयोजक बस्नु उचित नहुने आवाज उठेपछि सांसद भट्टराईले इन्कार गरेका हुन् । लेखा समितिले गत जेठ २७ गते भट्टराईको नेतृत्वमा बनाएको उपसमितिमा मनिष झासँगै अमरेशकुमार सिंह, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँण र सराज अहमद फार...

काठमाडौं वर्ल्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र ‘आउट’ गरेको खुलासा, छानबिन सुरू

काठमाडौं वर्ल्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र ‘आउट’ गरेको खुलासा, छानबिन सुरू
काठमाडौं । भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र आउट गरेको खुलेको छ । परीक्षा सुरू हुनुअघि नै विद्यार्थीसम्म प्रश्नपत्र पुगेको पाइएको हो । शिक्षा पत्रकार मकर श्रेष्ठले आइतवार विहानै कक्षा १२ को परीक्षा सुरु हुनुपूर्व नै काठमाडौं वल्र्ड स्कूलका विद्यार्थीलाई प्रश्नपत्र आउट भएको सूचना फेसबुकबाट सार्वजनिक गरेका थिए । एक छात्राले आफ्नो मोबाइलमा प्रश्नपत्र आएको भन्दै खुसी व्यक्त गरेपछि यो विषय लिक भएको थियो । यसैबीच, घटनाको जिल्ला प्रशासन कार्य...

‘संविधान जारी भएपछि हालसम्म २१४ ऐन बनेका छन्’

‘संविधान जारी भएपछि हालसम्म २१४ ऐन बनेका छन्’
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान जारी भएपछि हालसम्म २१४ ऐन बनाइसकेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेश र फेडरलिज्म एउण्ड लोकलाइजेसन सेन्टरले यहाँ आज आयोजना गरेको ‘विद्यायिक अन्तरसम्बन्ध र कानुनको मापन’ अन्तरक्रियामा उनले आवश्यकताअनुसार कानुन बनाउने काम भइरहेको बताए । उनले भने, ‘आवश्यकताअनुसार थप कानुन बनाउने काम पनि भइरहेको छ, अब सङ्घीय सरकारले कानुन बनाउँदा व्यवस्थित ढङ्गले सरोकारवालासँग छलफल गरेर मात...

सर्वोच्चले पत्र सच्याएर पठायो, रेशम चौधरी आजै रिहा हुने

सर्वोच्चले पत्र सच्याएर पठायो, रेशम चौधरी आजै रिहा हुने
काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरी पक्राउ गर्नू भनी पठाएको पत्र गलत भन्दै अर्को पत्र पठाएको छ । सर्वोच्चले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पत्र पठाउँदै चौधरी पक्राउ गर्न यसअघि पठाइएको पत्र गलत रहेको भन्दै अर्को पत्र पठाएको हो । तर कारागार स्रोतले दिएको जानकारीअनुसार अर्को पत्र कारागार पुगिसकेको छैन । “सर्वोच्चले अर्को पत्र पठाएको भए पनि हामीकहाँ आइपुगेको छैन,” कारागार स्रोतले भन्यो, “गलत छ छाडिदिनू भने हामी छाडिदिन्छौँ ।” भर्खरै सर्वोच्चका एकजना अधिकारी ...

प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित, अब राष्ट्रिय सभामा पठाईने

प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित, अब राष्ट्रिय सभामा पठाईने
काठमाडौं । विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो । यो विधेयक अघिल्लो सरकारले ल्याएको थियो । तत्कालीन अर्थमन्त्री डा।प्रकाश शरण महतले १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता गरेका थिए । १८ चैत २०८० मा दफावार छलफलका लागि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पुगेको थियो । अर्थ समितिबाट पारित भएर १४ वैशाख ...

च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद प्रभु साहको माग

च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद प्रभु साहको माग
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानबाट पार्टी कार्यालय हटाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारी बजेटले बनेको प्रतिष्ठानमा पार्टीको कार्यालय राख्नु गलत भएको बताए । अहिले एमालेले केन्द्रीय कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा छ । उनले भने, ‘सामाजिक कार्यको लागि निर्मिति तुलसीलाल स्मृति प्रतिष्ठानमा प्रधानमन्त्रीको पार्टीको केन्द्रीय कार्यालय छ, म सोध्न चाहन्छु तुलसीलाल स्मृति प्रतिष्ठान सामाज...

रुस–युक्रेन युद्ध प्रकरणः अमेरिकी राष्ट्रपति ट्रम्पको शान्ति प्रस्ताव मस्यौदा रुसले गर्‍यो अस्वीकार

रुस–युक्रेन युद्ध प्रकरणः अमेरिकी राष्ट्रपति ट्रम्पको शान्ति प्रस्ताव मस्यौदा रुसले गर्‍यो अस्वीकार
काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका निम्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको शान्ति सम्झौताको प्रस्तावलाई रुसले अस्वीकार गरेको छ । रुसी सेनाले कब्जा गरेका युक्रेनका क्षेत्रलाई रुसको भूभागका रूपमा अन्तर्राष्ट्रिय मान्यता नदिइएको भन्दै सो प्रस्ताव अस्वीकार गरेको द टेलिग्राफले जनाएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले रसियाका माग सो प्रस्तावमा सम्बोधन नगरिएको बताए । रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाउने र युक्रेनको सशस्त्र बलको आकार घटाउनेल...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com