FlashNepal
मंगलबार, साउन ०५, २०८३  |  July 21, 2026

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरी पक्राउ गर्नू भनी पठाएको पत्र गलत भन्दै अर्को पत्र पठाएको छ । सर्वोच्चले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पत्र पठाउँदै चौधरी पक्राउ गर्न यसअघि पठाइएको पत्र गलत रहेको भन्दै अर्को पत्र पठाएको हो ।

तर कारागार स्रोतले दिएको जानकारीअनुसार अर्को पत्र कारागार पुगिसकेको छैन । “सर्वोच्चले अर्को पत्र पठाएको भए पनि हामीकहाँ आइपुगेको छैन,” कारागार स्रोतले भन्यो, “गलत छ छाडिदिनू भने हामी छाडिदिन्छौँ ।”

भर्खरै सर्वोच्चका एकजना अधिकारी र प्रहरी टोलीले सर्वोच्चको पत्र लिएर कारागार गएका छन् । मुद्दा महाशाखामा कार्यरत नासु ईश्वर उपाध्यायले सर्वोच्चको अर्को पत्र बोकेर कारागारतर्फ लागेका हुन् । उनीसँगै प्रहरीको टोली पनि गएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com