FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र आउट गरेको खुलेको छ ।

परीक्षा सुरू हुनुअघि नै विद्यार्थीसम्म प्रश्नपत्र पुगेको पाइएको हो । शिक्षा पत्रकार मकर श्रेष्ठले आइतवार विहानै कक्षा १२ को परीक्षा सुरु हुनुपूर्व नै काठमाडौं वल्र्ड स्कूलका विद्यार्थीलाई प्रश्नपत्र आउट भएको सूचना फेसबुकबाट सार्वजनिक गरेका थिए ।

एक छात्राले आफ्नो मोबाइलमा प्रश्नपत्र आएको भन्दै खुसी व्यक्त गरेपछि यो विषय लिक भएको थियो । यसैबीच, घटनाको जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्ड छानविन सुरु गरेको छ ।

वर्ल्ड स्कुलको परीक्षा केन्द्र चानक्य कलेजमा पुगेर जिल्ला प्रशासन कार्यालय र एनइबीले छानविन सुरु गरेको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com