FlashNepal
बुधबार, साउन ०६, २०८३  |  July 22, 2026

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

यससँगै सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ६०० कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य १ लाख ८४ हजार १०० कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । यससँगै आइतबार प्रतितोला १९ सय १० रुपैयाँ रहेको चाँदी सोमबार पनि सोही मूल्य कायम भएको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com