सिंगापुर विरुद्ध नेपालको ऐतिहासिक जित
जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ ।
सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई १-० ले पराजित गरेको हो ।
नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको क्रसमा जिलेस्पीले पेनाल्टी बक्समा वान टचमा गोल गरेका हुन् । जिलेस्पीले नेपालका लागि लगातार दोस्रो खेलमा गोल गरेका हुन् । यसअघि ...