FlashNepal
शनिबार, जेठ ०९, २०८३  |  May 23, 2026

मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा मधेश प्रदेश प्रहरीले लुम्बिनी प्रदेश प्रहरीलाई १४ रनले पराजित गरेको हो ।

काठमाडौं । प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेश प्रहरीले चुमेको छ ।

मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा मधेश प्रदेश प्रहरीले लुम्बिनी प्रदेश प्रहरीलाई १४ रनले पराजित गरेको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे । त्यस अवसरमा उनले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने संगठनमा खेलकुदको महत्व अझ अधिक रहेको बताए ।

उनले नेपाल प्रहरीका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाउनु संगठनका निम्ति गौरवको विषय भएको उनले बताए ।

गत २७ फागुनदेखि सुरु भएको प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली सहभागी भएका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com