नेपाल सुपर लिगका लागि खेलाडीको अक्सन फेब्रुअरीको तेस्रो हप्तामा हुने
काठमाडौँ, २० पौष । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा तेस्रो सिजनका लागि खेलाडीको अक्सन आउँदो फेब्रुअरीको तेस्रो हप्ता हुने भएको छ ।
प्रतियोगिता शुरू हुनु एक महिना अगाडि खेलाडीको अक्सन गर्न लागिएको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले जनाएको छ । एनएसएलको तेस्रो सिजन आउँदो मार्च २९ अर्थात चैत १६ गतेदेखि सञ्चालन गर्ने यसअघि घोषणा भइसकेको छ ।
एनएसएलको पहिलो संस्करणमा काठमाडौँ रेजर्स र दोस्रो संस्करणमा ललितपुर सिटी एफसी च्याम्पियन भएको थियो । अखिल नेप...