FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

खेल

नेपाल खेलकुद पत्रकार मञ्चको नयाँ नेतृत्वमा अधिकारी

नेपाल खेलकुद पत्रकार मञ्चको नयाँ नेतृत्वमा अधिकारी
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा भएको २०औँ चुनावी साधारणसभाबाट अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ४५ मत ल्याए भने उनका प्रतिद्वन्दी प्रकाश तिमल्सिनाले ३५ मत प्राप्त गरे । यस्तै, प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा सञ्जीव शिल्पकार र गोविन्द रेग्मी सर्वसम्मत चयन भए । महासचिवमा अन्जन खड्का ५१ मतसहित निर्वाचित भए । महासचिव पदका अर्का उमेदवार राजु घिसिङले २९ मत पाए । सचिवमा अनिल मल्ल...

त्रिवि क्रिकेट मैदान दुई महिनामा काम सक्न निर्देशन

त्रिवि क्रिकेट मैदान दुई महिनामा काम सक्न निर्देशन
काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लड लाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेकोमा गम्भीर चासो व्यक्त गर्नुभएको छ । साथै उहाँले सो विषयमा सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको छलफलमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थाप...

क्रिकेटर आदिल आलममाथिको प्रतिबन्ध फुकुवा

क्रिकेटर आदिल आलममाथिको प्रतिबन्ध फुकुवा
काठमाडौं । क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ। आज नेपाल क्रिकेट संघ (क्यान)ले उनीमाथिको प्रतिबन्ध फुकुवा गरेको हो । उनीमाथि २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडौंमा क्यानले आयोजना गरेको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगितामा स्पष्ट फिकिसङ गरेको आरोप लागेको थियो । आरोप लागे लगत्तै उनी पक्राउ परेका थिए भने प्रतिबन्ध पनि लगाइएको थियो । तर अदालतले उनलाई सफाइ दिइसकेको छ ।

महिला टिमको प्रशिक्षक लागि एन्फाले माग्यो आवेदन

महिला टिमको प्रशिक्षक लागि एन्फाले माग्यो आवेदन
काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले सोमबार महिला राष्ट्रिय टिमका लागि प्रशिक्षकको आवेदन खुलाएको छ । एन्फाले सोमबार अन्नपूर्ण पोष्टमा एक आवेदन प्रकाशन गर्दै प्रमुख प्रशिक्षकको आवेदन खुलाएको हो । नेपाली महिला राष्ट्रिय टिमको प्रशिक्षकसँग प्रो लाइसन्ससँगै यसअघि कम्तीमा २ वर्ष सिनियर तथा उमेर समूहको प्रशिक्षण सम्हालेको हुनुपर्ने खुलाइएको छ । एन्फाले एएफसी महिला एसियन कप छनोट २०२६ लाई लक्षित गर्दै प्रशिक्षकको आवेदन खुलाएको हो । एसियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक ग...

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको हङकङमाथि सहज जित

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको हङकङमाथि सहज जित
काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले हङकङलाई पराजित गरेको छ । आज तल्लो मुलपानी मैदानमा भएको खेलमा नेपाली घरेलु टोलीले हङकङलाई ९ विकेटले पराजित गरेको हो। ११६ रनको समान्य लक्ष्य पाएको नेपालले १२.३ ओभरमा मात्रै एक विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा ओपनर निरजकुमार यादवले २३ रन बनाउँदा शाहिल पटेल र नरेन भट्टले अविजित पारी खेले। शाहिलले ४१ बलमा नटआउट ४२ रन बनाउँदा नरेनले मात्रै २३ बलमा ३९ रन बनाए। शाहिल र नरेनले समान ८/८ चौका प्रहार गरे। हङकङका श...

टी–२० अन्तर्राष्ट्रिय सिरिज : नेपाल र कुवेतबीचको फाइनल खेल आज

टी–२० अन्तर्राष्ट्रिय सिरिज : नेपाल र कुवेतबीचको फाइनल खेल आज
काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दैछ । आइतबार हङकङको मङ कोक क्रिकेट मैदानमा फाइनल खेल हुँदैछ । खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ । हिजो शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि...

कुवेतविरुद्ध नेपालको शानदार जित

कुवेतविरुद्ध नेपालको शानदार जित
काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा कुवेतविरुद्ध नेपालले शानदार जित हात पारेको छ । नेपालले कुवतेलाई ६ विकेटले हराएको हो । हङकङको मिसन रोड क्रिकेट मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले हराएको थियो ।

नेपालले कतारलाई ८ विकेटले हरायो

नेपालले कतारलाई ८ विकेटले हरायो
काठमाडौं । हङकङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ । कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ३८ रन बनाएका हुन् । कप्तान रोहित पौडेलले ३७ रन जोडे । उनले २९ बलमा दुई चौका र एक छक्का प्रहार गरे । आसिफ शेखले ३३ रनको योगदान दिँदा बसिर अहमदले ३० रन बनाए । नेपालले अति...

मुख्यमन्त्री कप भलिबल आजदेखि

मुख्यमन्त्री कप भलिबल आजदेखि
भोजपुर । भोजपुर सदरमुकाममा आजदेखि पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै छ ।  आयोजक जिल्ला भलिबल संघका महासचिव सङ्ग्राम किरातीका अनुसार प्रतियोगितमा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने छ ।  प्रतियोगिता यही चैत २८ गतेसम्म चल्ने छ । सबै खेल भोजपुर नगरपालिका–७ कोदारस्थित मैदानमा सञ्चालन हुने छन् । प्रतियोगिता सञ्चालन गर्न कोशी प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग ...

२४७ रनको बलियो लक्ष्य मधेशले गण्डकीलाई दियो

२४७ रनको बलियो लक्ष्य मधेशले गण्डकीलाई दियो
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २४७ रनको बलियो लक्ष्य दिएको छ ।  सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४६ रन बनायो । मधेशका लागि ओपनर रोहन विकले सर्वाधिक ६४ रन बनाए । उनले ९८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।  हरिशंकर शाह ५१ रनको अर्धशतकीय पारी खेले । पवन सरार्फले ३३, विशाल पटेलले १२ रन बनाउँदा रुपेश सिंहले ५१ रनको अविजित अर्धशतकीय पारी खेले । उनीसँगै सनी ...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com