FlashNepal
शनिबार, आषाढ २०, २०८३  |  July 4, 2026

काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा कुवेतविरुद्ध नेपालले शानदार जित हात पारेको छ । नेपालले कुवतेलाई ६ विकेटले हराएको हो ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले हराएको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com