यी हुन सबैभन्दा १० लामा छक्का प्रहार गर्ने खेलाडी, पाकिस्तानीकाे १५३ मिटरकाे पहिलाे रेकर्ड
काठमाडौं । क्रिकेटको संसारमा चौका र छक्काको कुरा गर्ने हो भने आजको तिब्र गतिको क्रिकेटको युगमा यो अलि अनौठो लाग्छ तर यो समाचारमा हामी तपाईहरुको लागि सम्पूर्ण क्रिकेट इतिहासमा सबैभन्दा लामो १० छक्काको बारेमा कुरा गर्नेछौं । र, यो समाचार पढे पछि थाहा पाउनेछौं कि ती खेलाडीहरू को हुन् ? जसले यो लामो दुरीको छक्का हानेर विशेष उपलब्धि हासिल गरेका छन्।
क्रिकेटमा छक्का प्रहार जति रोमाञ्चक हुन्छ, दर्शकका लागि यो निकै यादगार पनि हुन्छ । केही ब्याट्सम्यानले यस्ता छक्का प्रहार गरेका छन...