FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले हङकङलाई पराजित गरेको छ ।

आज तल्लो मुलपानी मैदानमा भएको खेलमा नेपाली घरेलु टोलीले हङकङलाई ९ विकेटले पराजित गरेको हो।

११६ रनको समान्य लक्ष्य पाएको नेपालले १२.३ ओभरमा मात्रै एक विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा ओपनर निरजकुमार यादवले २३ रन बनाउँदा शाहिल पटेल र नरेन भट्टले अविजित पारी खेले।

शाहिलले ४१ बलमा नटआउट ४२ रन बनाउँदा नरेनले मात्रै २३ बलमा ३९ रन बनाए। शाहिल र नरेनले समान ८/८ चौका प्रहार गरे। हङकङका शायन पुरीले एल्बीडब्ल्यु आउट गर्नु पहिले निरजले पनि ४ चौकाको मद्दतमा २३ रन बनाएका थिए।

त्यसअघि हङकङ ४६.२ ओभरमा ११५ रन बनाउँदा अलआउट भएको थियो।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com