क्लब विश्वकपपछि मोड्रिचले रियाल मड्रिड छाड्ने
काठमाडौं । अनुभवी मिडफिल्डर लुका मोड्रिचले क्लब विश्वकपपछि स्पेनिस क्लब रियाल मड्रिड छाड्ने भएका छन् । ३९ वर्षीय क्रोएसियन स्टार मोड्रिचले सामाजिक सञ्जालमार्फत १३ वर्षको मड्रिड बसाइ अन्त्य गर्ने निर्णय लिएको जानकारी दिए।
‘त्यो क्षण आइपुगेको छ । जुन म कहिल्यै नआओस भन्ने चाहान्थे तर फुटबल यही हो । जीवनमा पनि सबै कुरा सुरु भएर अन्त्य पनि हुन्छ,’ मोड्रिचले भनेका छन् ,‘ सन् २०१२ मा संसारकै उत्कृष्ट क्लबको जर्सी लगाउने आशा र ठूला उपलब्धिहरु हासिल गर्ने महत्त्वाकांक्षासहित म यहा...