FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन्। उनले आज क्यानसँगको सम्झौता तोडेको घोषणा गरेका हुन् ।

‘धेरै सोच विचार पछि मैले यस पटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णयमा पुगेको छु। म क्रिकेट र राष्ट्रबाट एक कदम पनि टाढा जान खोजेको होइन। व्यक्तिगत र व्यवसायीक रुपमा अगाडी बढ्ने दिशामा एउटा कदम हो,’ सन्दीपले लेखेका छन्।

बुधबार क्यानले आगामी सिरिजका लागि टोलीलाई बिदा गरेपछि उनले यो घोषणा गरेका हुन् । क्यानले हालै स्कटल्यान्डमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ का लागि सन्दीप सहितको टोली घोषणा गरेको छ। साथै, क्यानको केन्द्रीय सम्झौतामा सन्दीपसहित ५ खेलाडीलाई ए ग्रेडमा राखिएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com