FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा नेपाल घरेलु टोली भारतसँग पराजित भएको छ ।

भारतको अरुणाञ्चलस्थित गोल्डेन जुबिली रंगशालामा मंगलबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ४–० गोलअन्तरले पराजित भएको हो ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ५–० गोलले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । समूह ‘बी’बाट भारत समूह विजेता र नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

समूह ‘ए’बाट बंगलादेश समूह विजेता र माल्दिभ्स उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब नेपालले सेमिफाइनलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ भने भारतले माल्दिभ्ससँग खेल्नेछ । फाइनल खेल आगामी आइतबार हुनेछ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com