FlashNepal
शनिबार, आषाढ २०, २०८३  |  July 4, 2026

काठमाडौं।  रियल म्याड्रिडले जितसँगै स्पेनिस ला लिगाको यस सिजनको अन्त्य गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई २–० गोल अन्तरले पराजित गरेसँगै यस सिजनको अन्त्य गरेको हो ।

रियल म्याड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका थिए । एम्बाप्पेले दुवै गोल खेलको ३८औँ र ८३औँ मिनेटमा गरेका थिए ।

योसँगै एम्बाप्पेले ला लिगाका ३३ खेलमा ३१ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी रहेका छन् ।

दोस्रो स्थानमा बार्सिलोनाका रोबेर्ट लेवानडोस्की रहेका छन्, उनले २५ गोल गरेका छन् । साथै, रियल म्याड्रिडमा एम्बाप्पेले यस सिजनका सबै खेलमा ४३ गोल गरेका छन् ।

यो जितपछि रियल म्याड्रिडले ३८ खेलमा ८४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com